ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो ग्लोबल ई-कम डलर कार्ड

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल ई-कम डलर कार्ड’ सार्वजनिक गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्र विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप ग्लोबल आइएमई बैंक लिमिटेडले यस्तो डलर कार्ड सार्वजनिक गरेको हो ।

बैंकले जारी गरेको डलर कार्डबाट भारतबाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सकिनेछ । ग्राहकले आफ्नो नागरिकता र प्यान कार्ड पेस गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्नेछन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal