भारतमा कोरोनाको नयाँ रेकर्ड , एकैदिन ५९ हजार बढिमा कोरोना पुष्टि

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्याले फेरी नयाँ रेकर्ड कायम गर्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन यति धेरै संक्रमित पुष्टि भएको यो वर्षकै धेरै भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृत्यु भएको जनाइएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ रहेका बताइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal