प्राइमको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेड (PCBL) ले फागुन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला प्राइम डिबेन्चर २०८५’ मा आवेदन दिने आज (चैत १३ गते) अन्तिम दिन हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गरिएको हो।

सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ। बैंकले वार्षिक ८।७५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal