सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । चैत १३ गते शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार तोलामा ३०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पुनः घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८६ हजार ३०० रुपैयाँ र तेजाबी सुन ८५ हजार ८५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। यस दिन चाँदीको भाउ भने स्थिर छ। चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal