प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, थपिए छ मन्त्री

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन । शुक्रबार दिउँसो संकटमा आफ्नो पक्षलाई साथ दिएकाहरूलाई समेटेर राईले मन्त्रिपरिषद् विस्तार गरेका हुन ।

मुख्यमन्त्री राईले टंक आङबोहाङ, उषाकला राई, राम रानालाई मन्त्री र अम्बिरबाबु गुरुङ, कला घले र राजकुमार ओझालाई राज्यमन्त्री बनाएका हुन। आङबोहाङलाई आर्थिक मामिला तथा योजना, राईलाई सामाजिक विकास, रानालाई भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै, गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, घलेलाई कृषि राज्यमन्त्री र ओझालाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सपथ गराएका छन।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal