ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल र रावल बाहेक अरु सांसद जाने

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने भएका छन् । दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बजे दलको बैठक बालुवाटार बोलाएका छन् । उक्त बैठकमा नेपाल र रावलबाहेक यो समूहका सबै सांसदहरु सहभागी हुने निर्णय गरेको एक सांसदले जानकारी दिए । माधव कमरेड र भीम रावल कमरेडले नजाने कुरा गर्नुभयो । वरिष्ठ नेता झलनाथ खनालसहित अरु सबै सांसद बालुवाटारमा बोलाईएको दलको बैठकमा सभागि हुदैंछौं,’ ती सांसदले भने ।

शुक्रबार नै खनाल–नेपालसमूहको केन्द्रीय कमिटी बैठक कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको थियो । उक्त बैठकमा नेता नेपालले पछिल्लो परिस्थितिबारे ब्रिफिङ गरेका थिए । सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ । ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal