काठमाडौंको आकाश तुवाँलोले ढाकेपछि हवाइ उडान बन्द

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु बन्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द गरीएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण बन्द गरिएको हो । तुवाँलोका कारण‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान आउने र जाने दुवैथरी रोकिएको छ ।’ भिजिविलिटीमा समस्या देखिएपछि घरेलु उडानहरु पनि बन्द गरीएको छ । यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउन सक्ने प्रवक्ता देवचन्द्र लाल कर्णले बताए । ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal