सनराईज ब्लुचिप फण्ड बाँडफाँट, दुई हजार ९१४ आवेदकले पाएनन्

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । सनराइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सनराईज ब्लुचिप फण्ड स्किमको बाँडफाँट गरेको छ । उक्त स्किमको प्रति इकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई (बिज पूँजी वापत कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई छुट्टाइएको १ करोड ५० लाख इकाई सहित) चैत १ गतेदेखि ८ गतेसम्म बिक्री खुल्ला गर्दा सर्वसाधारण तर्फ १० रुपैयाँ अंकित दरको ८ करोड ५० लाख इकाई निष्काशन गरिएको थियो ।

फण्डमा बैंक वित्तीय संस्था,इन्स्योरेन्स कम्पनीहरुबाट ५६ हजार ५८ जना आवेदकहरुबाट कुल १२ करोड ३७ लाख ६४ हजार ५४० इकाईका लागि आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ५३ हजार १४४ जना आवेदकहरुबाट रितपूर्वक प्राप्त भएको ११ करोड ८६ लाख १९ हजार ८४० इकाई बाँडफाँट भएको छ । त्यस अनुसार २ हजार ९१४ आवदेकले फण्डको इकाई पाएनन् ।

एक सय कित्ता इकाई देखि ३० लाख इकाई सम्म माग गर्ने ५३ हजार १७९ जना आवेदकहरुलाई माग बमोजिम, ५० लाख माग गर्ने ४ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २६ इकाई र १ करोड माग गर्ने २ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २८ इकाईका दरले सर्वसाधारणहरुको १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँट गरेका छन् । कोष प्रवर्धक सनराईज बैंकको १ करोड ८७ लाख ५० हजार इकाई बिज पूँजी समेत गरी कुल १२ करोड ५० लाख बाँडफाँट भएको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal