ज्योति लाइफको आईपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको कम्पनीको शेयर शुक्रबार बाँडफाँट भएको हो। कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा शुक्रवार अपरान्ह १ बजे भएको बाँडफाँटमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्।
कम्पनीको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदन गरेको थियो। त्यसमध्ये १७ लाख ९७ हजार ८३५ आवेदन स्वीकृत भएका छन् भने ४४ हजार ६४५ वटा आवेदन रद्द भएका छन् । योग्य आवेदन मध्ये १२ लाख ३ हजार ८३५ जनाको हात खालि भएका छन्।

कम्पनीले फागुन २१ गते देखि २६ गते जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्याएको थियो। जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू। २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू २ अर्ब २० करोड पुगेको छ ।

कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष ०७६र ७७ सम्म प्रतिशेयर नेटवर्थ रू। १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी रू १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा रू २८ करोड ६४ लाख १ हजार छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोक्ने हुदाँ उक्त कम्पनीको पहिलो कारोबारका लागि रू १३२ दशमलव ९४ देखि रू ३९८ दशमलव ८२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

सर्वसाधारणले  मेराे शेयरसिडीएससीकाे नयाँ वेबसाइट, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्नसक्नेछन्।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal