पछिल्लो २४ घण्टामा नेपालमा १५६ संक्रमित, ४ जनाको मृत्यु

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ४ सय १६ पीसीआर परीक्षणमा शुक्रबार थप १५६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ । हालसम्म देशभर २२ लाख ५६ हजार ३०० नमुनाको पीसीआर परीक्षण भएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal