इजिप्टमा दुई रेल आपसमा ठोक्किए, ३२ जनाको मृत्यु, एक सय बढी घाइते

२०७७ चैत्र १४ गते, शनिबार

चैत १४, काठमाडौं । इजिप्टको दक्षिणी क्षेत्र सोहाग प्रदेशमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । १०८ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर भएको बताइएको छ । मृतकको संख्या अझै बढ्नसक्ने बुझिएको छ ।

राजधानी कायरोबाट अस्वानतर्फ गुडेको र लुक्सोरबाट अलेक्सान्ड्र्यातर्फ जाँदै गरेको दुई रेल आपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । स्थानीय मिडियाका अनुसार घटनास्थल कायरोबाट ४७६ किमी टाढा पर्छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal