कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

चैत १४, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। शनिबार बिहान ११ स् ३० बजे आकस्मिक बैठक बोलाइएको हो। कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति निधन भएकाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बोलाईएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ। यस्तै श्रद्धाञ्जलीको लागि जोशीको पार्थिव शरीर बिहान १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ। फागुन १४ गते मस्तिष्कघात भएर अस्पताल भर्ना भएका जोशीको शुक्रबार साँझ निधन भएको हो। जोशीलाई एक महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। अस्पताल पुगेदेखि नै अचेत रहेका जोशीको एक महिनाको उपचारपछि निधन भएको हो।