तत्काल १० करोड कोरोना खोप उपलब्ध गराउन डब्लुएचओको आग्रह

२०७७ चैत्र १४ गते, शनिबार

चैत १४, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाविरुद्धको १० करोड डोज भ्याक्सिन तत्काल वितरण गर्न उत्पादक कम्पनी र राष्ट्रहरुलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले गरीब राष्ट्रहरुलाई खोप उपलब्ध गराउन समस्या भएको भन्दै उत्पादक राष्ट्र तथा कम्पनीहरुलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले केही राष्ट्रले खोप उपलब्ध गराउने प्रतिवद्धता जनएपनि ढिलाइ भएको भन्दै बढी जनसंख्या रहेका र अत्याधिक जोखिममा रहेकाहरुलाई तत्काल खोप उपलब्ध गराउनुपर्ने बताए । गेब्रियससले २० भन्दा बढी राष्ट्रलाई दुई साताभित्रै प्रतिवद्धताअनुसारको खोपको मात्रा उपलब्ध गराउन आग्रह गरेका हुन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal