देशले इमान्दार राजनीतिज्ञ गुमायो : राष्ट्रपति भण्डारी

२०७७ चैत्र १४ गते, शनिबार

चैत १४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उहाँको निधनबाट देशले एक इमान्दार राजनीतिज्ञ गुमाएको बताएकी छन्। स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन्।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal