पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप तीन जनाको ज्यान गयो, ८५ जना सङ्क्रमित थपिए

२०७७ चैत्र १४ गते, शनिबार

चैत १४, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको हो ।

यस्तै थप ९३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार चार सय ३५ पुगेको छ । अहिले नेपालमा १२ सय ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् । १ हजार २ सय ८८ जना आइसोलेसनमा र ५९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ५९ हजार ४५ पीसीआर परीक्षण भएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal