चितवनमा बस र स्कुटर आपसमा ठोक्किए, तीन जनाको मृत्यु

२०७७ चैत्र १५ गते, आईतवार

चैत १५, काठमाडौं । चितवनको भरतपुरमा बस र स्कुटर ठोक्किँदा तीन जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका-२२ पकौडी बजारमा ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

शनिवार भएको दुर्घटनामा परेर स्कुटर चालक भरतपुर(६ का मोहन अधिकारी, अधिकारीकी १७ वर्षकी छोरी विनिशा र चालक अधिकारीका दाइकी छोरी दिविसाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार स्कुटरमा तीन जना सवार रहेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal