बेलारुसमा राष्ट्रपति विरुद्ध प्रदर्शन फेरि चर्कियो, सय बढी पक्राउ

२०७७ चैत्र १५ गते, आईतवार

चैत १५, काठमाडौं । बेलारुसमा राष्ट्रपति विरुद्ध प्रदर्शन फेरि चर्किएको छ । गत अगष्टमा भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली गरी अलेक्जेन्डर लुकाशेंको आफैले देशको छैठौं राष्ट्रपति घोषित गरेको भन्दै शुरु भएको प्रदर्शन फेरि चर्केको हो ।

बेलारुसको मिङस्मा भएको प्रदर्शनमा सहभागी हजारौ प्रदर्शनकारीहरुले राष्ट्रपति विरुद्ध चर्को नारा लगाउनुका साथै जताततै तोडफोड गरेपछी प्रहरीले धरपकड गरी सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको हो । गत अगष्टदेखि भएको प्रदर्शनका बीच अमेरिकाले बेलारुसका उच्च तहका अधिकारीहरुलाई अमेरिका भ्रमणमा रोक समेत लगाईसकेको छ ।राष्ट्रपति बिरुद्ध दोश्रो लहरको प्रदर्शन शुरु भएको भन्दै राष्ट्रपतिले पद त्याग नगरेसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुको अडान छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal