भौतिक दुरी राखेर होली मनाउन देउवाको आग्रह

२०७७ चैत्र १५ गते, आईतवार

चैत १५, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भौतिक दुरी राखेर होली मनाउन आग्रह गरेका छन्। कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकोले सुरक्षित रूपमा होली मनाउन देउवाको आग्रह गरेकाहुन। होलीका अवसरमा आज विज्ञप्ति जारी गर्दै देउवाले होलीको शुभकामना पनि दिएका छन्। होली धार्मिक र साँस्कृतिक पर्व भएको देउवाको भनाइ छ।

‘होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो। अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ,’ देउवाले भनेका छन्, ‘मुलुकमा फेरि पनि कोभिड १९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दुरी राख्दै सुरक्षित रुपमा यो पर्व मनाउन म सबैलाई आग्रह गर्दछु।’ उनको विज्ञप्तिमा भनिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal