म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

२०७७ चैत्र १६ गते, सोमबार

चैत १६, काठमाडौं । म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतले आग्रह गरेको छ । म्यानमारमा हिंसा लगातार बढ्दै गएपछि बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह गरेको हो ।
म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन्।
अमेरिकाले म्यानमारको सुरक्षाबललाई ‘आतंकको शासनकाल’ भनेको छ । गएको फेब्रुअरी १ तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएदेखि नै अमेरिकाले यसको विरोध गर्दै आएको छ । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal