होली खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाको ज्यान गयो

२०७७ चैत्र १६ गते, सोमबार

चैत १६, काठमाडौं । होली खेल्ने क्रममा भएको विवाद बढ्दै गएपछि भएको झगडामा बाग्लुङमा दुई युवकको ज्यान गएको छ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा हिजो फागु खेल्ने क्रममा दुई समूहबीच झगडा भएपछि ग्याङ फाइट भएको र त्यसमा दुई जनाको ज्यान गएको पुष्टि भएको छ ।

घटनामा बाग्लुङको निसीखोला गाउँपालिका-७ का प्रकाश कुँवर र दीपक दमाईको ज्यान गएको बाग्लुङ प्रहरीले जनाएको छन । घटना भएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटना पछि १३ जना सम्पर्क बिहिन भएका छन ।घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । घटनाबारे थप जानकारी आइसकेको छैन । घटनाको अनुसन्धान भइरहेको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal