काठमाण्डौको तापक्रम घट्यो, बिहान र बेलुका चिसो बढ्न थाल्यो

२०७७ चैत्र १६ गते, सोमबार

चैत १६, काठमाडौं । लगातारजसो घाम नलाग्दा र धुलो, धुवाँ बढ्दै जाँदा काठमाण्डौमा बिहान र बेलुका चिसो महशुस हुन थालेको छ । प्रि(मनसुन सुरु भएपछि बिस्तारै गर्मी बढ्दै गए पनि तुवाँलोका कारण फेरि न्यूनतम तापक्रम घटेको मौसमविद्हरुले जनाएका छन।
काठमाण्डौको न्यूनतम तापक्रम गएको फागुन २९ गते १३ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको थियो । तर त्यसयता प्रदूषण बढ्दै गएसँगै न्यूनतम तापक्रम घट्न थालेको मौसमविद् मानन्धरले बताउनुभो ।

काठमाण्डौको न्यूनतम तापक्रम आज ११ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम ११ दशमलव ४ डिग्री सेल्सियस थियो ।
डढेलो र आगलागी घटना तथा सुख्खापनका कारण प्रदूषण बढ्दै गएको छ । यसपालि हिउँदमा पनि पर्याप्त पानी नपर्दा देशभर सुख्खापन बढेको छ । यसपालि प्रि-मनसुनमा पनि खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal