भारतमा २४ घण्टामा ६८ हजार बढीमा कोरोना सङ्क्रमण, २९५ जनाको मृत्यु

२०७७ चैत्र १६ गते, सोमबार

चैत १६, काठमाडौं । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । गएको २४ घण्टामा ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने यही अवधिमा २९५ जनाको ज्यान गएको छ । भारतमा होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो ठाउँमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।

मुम्बईमा यस अघि लगाईएको लकडाउन थपिने भएको छ । मुम्बईका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउनको अवधि लम्बिन सक्ने बताएका छन। त्यहाँ राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु छ । यस्तै, केरला, पन्जाब, महाराष्ट्र, गुजरात लगायतका राज्यमा पनि सुरक्षा सावधानीमा कडाइ गरिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal