मोजाम्बिकमा इस्लामिक अतिबादी समूहको आक्रमणमा दर्जनौको मृत्यु भएको आशंका

२०७७ चैत्र १६ गते, सोमबार

चैत १६, काठमाडौं । अफ्रिकी मुलुक मोजाम्बिकमा इस्लामिक अतिबादी समूहको आक्रमणमा दर्जनौको मृत्यु भएको आशंका गरिएको छ । तीन सय भन्दा बढी समूहमा आएका हतियारधारी समूुहले एक गाउँ कब्जामा लिई आक्रमण गर्दा दर्जनौ मारिएको आशंका गरिएको हो ।
घटनामा थुप्रै घाइते भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारीहरुले पाल्मा शहरका पसल, बैंक ,सैन्य ब्यारेक लगायत होटललाई निशाना बनाई आक्रमण गरेको हो । सो समूहले पाल्मा शहर नियन्त्रणमा लिएको बुझिएको छ । इल्लामिक आतंकाबादी समूह आईएसले बिगत केही वर्षदेखि मोजाम्बिकमा पकड जमाउँदै आएको छ जसका कारण त्यहाँबाट ७ लाख मानिस बिस्थापित भइसकेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal