भारतीय प्रधानमन्त्री मोदीको विरोध प्रदर्शनमा १२ को मृत्यु

२०७७ चैत्र १६ गते, सोमबार

चैत १६, काठमाडौं । बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ । ब्राह्राणबरिया लगायतका स्थानमा हिजो पनि विरोध प्रदर्शन भएको थियो । मोदीले विरोधका बाबजुद बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको जन्मशताब्दी समारोहमा भाग लिएका थिए ।

शुक्रबार उनले बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन् । मोदीको भ्रमणको पूर्वसूचना पाउनासाथ ढाकास्थित बैतुल मोकर्रम मस्जिदमा हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनकारीलाई तिरवितर बनाउन प्रहरीले अश्रुग्यास र रबरको गोलीसमेत प्रहार गरेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal