सुनको भाउ दुई सय रुपैयाँले बढ्यो
२०७७ चैत्र १६ गते, सोमबार

चैत १६, काठमाडौं । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।