होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते
२०७७ चैत्र १६ गते, सोमबार

चैत १६, काठमाडौं । काठमाण्डौको शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । शङ्खरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका महानगरीय प्रहरी परिसर, काठमाण्डौले जनाएको छ । उनीहरुको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताईएको छ ।
स्थानीय एक डेरीमा राखेको एसिड पानी भनेर उनीहरुले प्रयोग गरेको पाइएको छ । प्रहरीले एसिड छ्याप्ने १७ वर्षका पवन पहाडी र १८ वर्का आकाश तामाङ तथा डेरी सञ्चालक केशव नेपाललाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।