शेयर बजार सामान्य अंकको गिरावट, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार

२०७७ चैत्र १६ गते, सोमबार

चैत १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (सोमबार) सामान्य अंकले घटेको छ । चैत १३ गतेपछि सोमवार खुलेको शेयर बजार ५ दशमलव ४५ अंक घटेर २ हजार ५४३ दशमलव ५२ विन्दुमा बन्द भएको छ । यो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा शून्य दशमलव २१ प्रतिशत घटेको हो । यो दिन ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव शून्य ९ प्रतिशत अर्थात् शून्य दशमलव ३९ अंक घटेर ४४९ दशमलव ९२ विन्दुमा झरेको छ ।

नेप्से परिसूचकसँगै सोमवार कारोबार रकम पनि अघिल्लो कारोबार दिनको भन्दा कम भएको छ । सोमवार रू। ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार बराबरको ९१ करोड ३८ लाख ९३५ कित्ता शेयर कारोबार भएको हो । यो दिन २०९ ओटा कम्पनीको ६४ हजार ५१५ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । स दिन कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ओगटेको छ । उक्त कम्पनीको रू। ४४ करोड ३१ लाख ६५ हजार बराबरको शेयर कारोबार भएको हो ।

यो दिन चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक ७ दशमलव १७ प्रतिशत घटेको छ । माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको उक्त कम्पनीको गत बिहीवार ३३ कारोबार दिनसम्म निरन्तर मूल्य बढेर प्रतिकित्ता रू २ हजार ७९ पुगेको थियो ।सोमवार ३४ कारोबार दिनमा कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको हो । यो दिन प्रतिकित्ता रू १४९ ले घटेर उक्त कम्पनीको अन्तिम शेयरमूल्य रू १ हजार ९३० कायम भएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal