सबै राज्यमा स्वास्थ्य मापदण्ड पालना गर्न बाइडेनको आग्रह

चैत १७, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले सबै राज्य र सहरहरुमा मास्क लगाउन प्रोत्साहित गर्न गभर्नर एवम् मेयरहरुलाई आग्रह गरेका छन । कोेरोना महामारीबारे भएको पत्रकार सम्मेलनमा बाइडेनले महामारी पूर्णरुपमा उन्मूलन भइनसकेकाले अनिवार्य मास्क लगाउन आवश्यक रहेको र त्यसका लागि प्रोत्साहित गर्न आग्रह गरेका हुन।
मानिसहरुको लापरबाहीका कारण कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको भन्दै बाइडेनले सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नसमेत आग्रह गरे। आफूले कार्यभार सम्हालेपछि सङ्क्रमणदर दुईतिहाइ घटाउन सफल भएको भन्दै बाइडेनले अहिले पनि लापरबाही गर्न नहुने बताए।
अमेरिकामा अहिलेसम्म ३ करोड १० लाख २८ हजारलाई कोरोना सङ्क्रमण भइसकेको छ भने ५ लाख ६३ हजार १ सय ६८ जनाको ज्यान गइसकेको छ ।