निलमबनमा परेपछि नेपालले आफू निकट नेताहरुलाई छलफलमा बोलाए

चैत १७, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निलमबनमा परेपछि आफू निकट नेताहरुलाई छलफलका लागि बोलाएका छन। पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि (एमाले) को खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको हो। मंगलबार दिउँसो बैठक बस्न लागेको भए पनि स्थान र समय टुंगिन बाँकी रहेको उक्त समूहका एक स्थायी समिति सदस्यले जानकारी दिए। आजको बैठकमा नेता नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती नेताहरुसँग छलफल गर्न लागेका हुन।
नेता नेपालले आजै दिउँसो १२ बजे खनाल–नेपाल समूहका नेताहरुलाई छलफलका लागि बोलाएको नेता योगेश भट्टराईले बताए। बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुनेछ । यसअघि हिजो नै समानान्तर कमिटी बनाउँदै तलसम्म पुग्ने योजना बनाइसकेको सो समूहले थप छलफल गर्न लागेको बताइएको छ ।