एक न एक दिन ओली दण्डित हुने दिन आउने छ : घनश्याम भूषाल

२०७७ चैत्र १७ गते, मंगलवार

चैत १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपि ओलीले मागेको स्पष्टीकरण को जवाफ घनश्याम भूषालले दिएका छन। अध्यक्ष केपी ओलीले नेता माधव नेपाल र भीम रावललाई पार्टीबाट ६ महिना निलम्बन गरेको भोलिपल्ट नेता घनश्याम भूषालले स्पष्टीकरण पेश गरेका हुन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता भूषालले ओली व्यक्तिवादको घोर नशामा फसेको भन्दै त्यसबाट ब्यूझँन पनि भनेका छन।

नेता भूषालले बुझाएको स्पष्टीकरणमा सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ रु भनि प्रश्न गरेका छन । उनले एक न एक दिन ओली दण्डित हुने दिन आउने उल्लेख गरेका छन । भूषालले लेखेका छन , ‘मेरो लाख–लाख अनुरोध छ, कमरेड १ यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।’

११ पेज लामो पत्र लेख्दै नेता भूषालले अध्यक्ष ओलीका कारण एमाले पार्टी नै विसर्जनको बाटोमा पुगेको उल्लेख गरेका छन ।
ओलीले पार्टी अनुशासन तोडेको भन्दै नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालसँग स्ष्पष्टीकरण मागेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal