मंगलवार उच्च दरमा मूल्य बढेका यी हुन् आधार दर्जन कम्पनी

२०७७ चैत्र १७ गते, मंगलवार

चैत १७, काठमाडौं । मंगलवार आधा दर्जन ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यो दिन वोमी लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ९७ प्रतिशत, जनरल इन्स्योरेन्सको ९ दशमलव ९४ प्रतिशत, अजोड इन्स्योरेन्सको ९ दशमलव ९२ प्रतिशत, समीट लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ५६ प्रतिशत र स्वाभिमान लघुवित्तको ९ दशमलव ४७ प्रतिशत शेयरमूल्य बढेको हो ।

यसदिन वोमी लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू १०३ ले बढेर अन्तिम मूल्य रू १ हजार १३४, सानिमा जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू ६४ ले बढेर अन्तिम मूल्य रू ७०६, जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू ६३ ले बढेर अन्तिम मूल्य रू ६९७ कायम भएको छ । त्यसैगरी अजोड इन्स्योरेन्सको प्रतिकित्ता रू ७७ ले बढेर अन्तिम मूल्य रू ८५३, समीट लघुवित्तको प्रतिकित्ता रू १४२ ले बढेर अन्तिम मूल्य रू १ हजार ६२७ र स्वाभिमान लघुवित्तको प्रतिकित्ता रू २१५ ले बढेर अन्तिम मूल्य रू २ हजार ४८५ कायम भएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal