नयाँ चार पुनर्बीमा कम्पनी आउँदै, दर्ता प्रक्रिया अन्तिम चरणमा

२०७७ चैत्र १७ गते, मंगलवार

चैत १७, काठमाडौं । कोभिडले थलिएको अर्थतन्त्र चलायमान हुन थालेपछि चारवटा पुनर्बीमा कम्पनीहरु दर्ताको तयारीमा जुटेका छन । समाचार स्रोतका अनुसार काठमाडौं रि, प्रुडेन्सियल रि, अन्नपूर्ण रि र जेन्युयन रि नामका पुनर्बीमा कम्पनीले सञ्चालनको अनुमति माग्दै बीमा समितिमा निवेदन पेश गरेका हुन् ।

तर, बीमा समितिमा निवेदन पुगेपनि समितिले आधिकारिक रुपमा यस सम्बन्धी जानकारी सार्वजनिक गरेको छैन । हालसम्म बीमा समितिमा काठमाडौं रि, प्रुडेन्सियल रि, अन्नपूर्ण रि र जेन्युयन रिले दर्ता प्रक्रिया अघि बढाएका हुन् । काठमाडौं रि मा पूर्व बैंक तथा कर्मचारीहरूको लगानी रहेको छ । जसको नेतृत्व बीमा समितिका पूर्व अध्यक्ष तथा नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका देवेन्द्रप्रताव शाहले गरिरहेका छौं । प्रडुन्सियल रिमा आईएमई ग्रुप, विशाल ग्रूप र त्रिवेणी ग्रूपको लगानी रहेने बुझिएको छ ।जेन्युयन रिमा ५ सयभन्दा बढी सहकारी र वाणिज्य बैंकहरूको लगानी रहेको छ । उक्त इन्स्योरेन्समा राजनीतिज्ञहरूको छन् । यस्तै अन्नपूर्ण रिइन्स्योरेन्सको नेतृत्व गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोले गर्दै आएका छन् । अन्नपूर्णमा पनि वाणिज्य बैंकहरूले संस्थापक लगानीकर्ताको रुपमा लगानी गरेका छन् ।

बीमा समितिका दर्ता प्रक्रिया अघि बढाएका रि–इन्स्योरेन्स कम्पनीमध्ये तीन ओटाको चुक्ता पूँजी १० अर्ब रुपैयाँ हुनेछ भने एउटाको १५ अर्ब रुपैयाँ हुनेछ । हाल नयाँ दर्ता प्रक्रिया अघि बढाएका चार ओटै कम्पनीको कागजी प्रक्रियाको काम अन्तिम चरणमा पुगेको बुझिएको छ । यी चारै वटै कम्पनीले रि–इन्स्योरेन्स व्यवसाय गर्न अनुमति पाएमा नेपालमा पुनर्बीमा कम्पनीको संख्या ५ वटा पुग्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal