अड्किएको पानी जहाज सारिए पछि संसारकै महँगो ट्राफिक जाम खुल्यो

२०७७ चैत्र १७ गते, मंगलवार

चैत १७, काठमाडौं । एसिया र युरोपबीच सबैभन्दा छोटो जलमार्गमा पर्ने स्वेज नहरमा अड्किएको एउटा विशाल पानी जहाजलाई सारिएको छ । गत मंगलबार अड्किएको एभर गिभन नामको जहाजको अघिल्लो भागलाई नहरको किनारातिर तानेर बन्द भएको बाटो खुला गरिएको हो ।
इजिप्टको स्वामित्वमा रहेको स्वेज नहर १ सय ९३ किलोमिटर लामो छ । जसलाई संसारको एउटा अति व्यस्त व्यापारिक मार्ग मानिन्छ ।

एभर गिभन पानीजहाजका कारण जलमार्ग बन्द हुँदा नहरमा संसारकै सबैभन्दा महँगो ट्राफिक जाम भएको बताइएको थियो । यो नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेको तथ्यांकले देखाउँछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal