उत्तर कोरियाली नेता किमलाई भेट्न बाइडेन अनिच्छुक

२०७७ चैत्र १७ गते, मंगलवार

चैत १७, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन उत्तर कोरियाली नेता किम जङ–अनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले जनाएको छ । उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रवैया उनका पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुने अमेरिकी अधिकारीहरूलाई उध्रित गर्दै बीबीसीले जनाएको छ । एकअर्काका कडा आलोचक रहेपनि सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो ।

दुई साताअघि बाइडेन प्रशासनले गत फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङ्याङबाट कुनै जबाफ नपाएको बताएको थियो । र्दुइ देशबीच बढ्दो तनावलाई मत्थर पार्न अमेरिकाले उत्तर कोरियालाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो । सन् २०१७ मा उत्तर कोरियाले अमेरिकी शहरहरूमा मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्र परीक्षण गरेपछि दुई देशबीचको सम्बन्ध झन् बिग्रिएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal