विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सको सानदार जित

२०७७ चैत्र १८ गते, बुधबार

चैत १८, काठमाडौं । विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सानदार जित दर्ता गरेका छन् । गए राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गरेको हो । यस्तै नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोलले पराजित गरेको छ । यस्तै गएराति भएकै अर्को खेलमा वेल्सले सिज रिपब्लिकलाई १–० गोलले पराजित गरेको छ ।

यस्तै सर्वियाले अजरबैजानलाई २–१ गोलले पराजित गरेको छ । साईप्रसले स्लोभिनियालाई १–० गोलले पराजित गरेको छ । यस्तै पोर्चुगलले लक्जम्बर्गलाई ३–१ गोलले पराजित गरेको छ । टर्की र लाटभियाबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको छ । स्लोभाकियाले रसियालाई २–१ गोलले पराजित गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal