चीनमा कोरोना भाइरसबारे निकालिएको निष्कर्ष विश्वसनिय छैन : डब्लुएचओ

२०७७ चैत्र १८ गते, बुधबार

चैत १८, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको बारेमा चीनको एक प्रयोगशालाबाट निकालिएको निष्कर्ष विश्वसनिय नभएको डब्लुएचओले जनाएको छ । डब्लुएचओ प्रमुख टेड्रस अडानोम गेब्रेयसिसले कोरोना भाइरसबारेका निष्कर्ष अझैतपूर्ण नभएकाले थप अनुसन्धान आवश्यक रहेको बताएका हुन् । चीनको प्रयोगशालाबाट निकालिएको निष्कर्ष अनुसन्धाबारेका महत्वपूर्ण सूचना चुहावट भएकाले थप अनुसन्धान आवश्यक रहेको डब्लुएचओको दावी छ ।

तर कुन निश्कर्ष सहि नभएको हो डब्लुएचओल खुलाएको छैन । चीनले सो आरोपको खण्डन गरेको छ । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखा परेको थियो । कोरोनाका कारण हालसम्म करिव २७ लाख मानिसको मृत्यु भइसकेको छ । यस्तै संसारभर करिब १३ करोड मानिस प्रभावित भएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal