अफ्गानिस्तानको शान्ति प्रक्रियाबारे ‘हर्ट अफ एशिया’ सम्मेलनमा छलफल

२०७७ चैत्र १८ गते, बुधबार

चैत १८, काठमाडौं । ताजकिस्तानमा जारी ‘हर्ट अफ एशिया’ सम्मेलनमा अफ्गानिस्तानको शान्ति प्रक्रियाबारे छलफल भएको छ । मध्य एसियाली मुलुक ताजकिस्तानको राजधानी दुशान्बेमा जारी सम्मेलनमा अफ्गानिस्तानको तालिवान विद्रोहीसँगको शान्ति सम्झौता सबै पक्षबाट पालना गर्नुपर्ने विषयमा अन्य मुलुकहरुले चासो राखेका हुन् । सम्मेलनमा अफ्गानिस्तानसँगै चीन, भारत, पाकिस्तान, टर्की, रुस, इरान काजखस्तान, साउदी अरबिया, युएईलगायतका एक दर्जन भन्दा बढी मुलुक सहभागी छन् ।

सम्मेलनका सहभागीहरुले अफ्गानिस्तानको शान्ति प्रक्रियालाई संयुक्त राष्ट्रसंघको निगरानीमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
अमेरिकाको मध्यस्थतामा अफ्गान सरकार र तालीवानबीच शान्ति सम्झौता भएपछि क्षेत्रीय चासो बढेको छ । सम्झौताअनुसार यही मे महिनाभित्र अमेरिकी सेनाले अफ्गानिस्तान छाड्नुपर्नेछ । तालिवानले विदेशी सेना फिर्ता नभए उनीहरुमाथिको आक्राण थाल्ने चेतावनी दिइसकेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal