सिरियालाई अर्बौं डलर सहयोग गर्ने दातृ निकायहरुको घोषणा

२०७७ चैत्र १८ गते, बुधबार

चैत १८, काठमाडौं । अन्तर्राष्ट्रिय दातृ निकायहरुले सिरियाली नागरिकलाई सहयोग गर्न अर्बौ डलर बराबरको सहयोगको घोषणा गरेका छन् ।
एक दशक भन्दा लामो समयदेखि गृहयुद्धमा रहेको सिरियामा कोराना महामारीका कारण जनजीवन झन कठिन भएको भन्दै विभिन्न दातृ निकायले सहयोगको घोषणा गरेका हुन् । सिरियाली नागरिकलाई भोकमरीबाट जोगाउन आयोजित कार्यक्रममा युरोपियन युनियनले आयोजना गरेको दातृ सम्मलेनमा सो सहयोगको घोषणा गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि अर्बौं डलर सहयोग गर्ने संयुक्त राष्ट्रसंघले पनि प्रतिवद्धता जनाएको छ । सिरियामा यस वर्ष करिब एक करोड नागरिकलाई न्यूनतम मानविय सहायता आवश्यक रहेको राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । सन् २०११ पछि सिरियामाजारी गृहयुद्धका कारण हजारौंको मृत्यु भइसकेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal