प्रतिनिधिसभा बैठक आज बस्दै, जोशीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने

२०७७ चैत्र १८ गते, बुधबार

चैत १८, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ । यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपनि सरकारले बिजनेश नदिएको आरोप छ । उता सरकार भने बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने कारण देखाउँदै यो अधिवेशन तत्काल अन्त्य गर्ने तयारीमा लागेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal