नेप्से ४३.३६ अंकले बढेर २६१९.०२ विन्दुमा, ६ अर्ब १६ करोड बढीको कारोबार

२०७७ चैत्र १८ गते, बुधबार

चैत १८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकले बढेको छ । बुधवार नेप्से परिसूचक कारोबार अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ६८ प्रतिशतले वृद्धि भएर २ हजार ६१९ दशमलव ०२ विन्दुमा पुगेको छ । यसदिन रू ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ बरावरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १३ ओटा समूहमध्ये व्यापार समूह बाहेक सबै समूहको परिसूचक बढेसँगै सम्रग नेप्से परिसूचक बढेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ६२ प्रतिशत, बैंकिङ समूहको परिसूचक २ दशमलव ३१ प्रतिशत, होटल एण्ड टुरिजमको १ दशमलव ७६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ६८ प्रतिशत,जलविद्युत् समूहको १ दशमलव ३९ प्रतिशत, वित्त समूहको शून्य दशमलव ८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५८ प्रतिशत, अन्य समूहको १ दशमलव ३३ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ५७ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ९८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८९ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो । आज ७ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । बुधवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली*टिएमएस) मा प्राविधिक समस्या आएपछि बजार ४ बजेसम्म खुलेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal