चार ओटा कम्पनीको शेयर मूल्य ९ % भन्दा बढीका दरले वृद्धि

२०७७ चैत्र १८ गते, बुधबार

चैत १८, काठमाडौं । बुधवार चार ओटा कम्पनीको शेयर मूल्य बुधवार ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । योदिन सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९७ प्रतिशत, अजोड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत, वोमी लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ ।

ती चार ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक भएकाले शेयर मूल्य बढेको हो । यसदिन महिला लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू ६६२,अजोड इन्स्योरेन्सको रू ९३८, वोमी लघुवित्तको रू १ हजार २४७ र सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता रू ७७६ पुगेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal