पानी परेपछि घातक वायु प्रदूषण केहि घट्यो, तराइमा भने अझै प्रदूषण नहट्ने

२०७७ चैत्र १९ गते, बिहीबार

चैत १९, काठमाडौं । काठमाण्डौ सहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण केही घटेको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।
पानी पर्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले प्रदूषण घटेको मौसमविद्को भनाइ छ । आजदेखि मौसम केही सफा भए पनि पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्को भनाई छ ।

फेरी पनि पानी पार्ने प्रणाली कमजोर हुने र डढेलो नियन्त्रण नभए वायु प्रदूषण कायमै रहने बताईएको छ । हिजो पश्चिमी वायु र स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पानी परेको हो । तराइमा भने अझै पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण नहट्ने मौसमविद्को भनाई छ । आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal