बन्दुकधारीको आक्रमणबाट इथियोपियामा ३० जनाको हत्या, कयौं घाइते

२०७७ चैत्र १९ गते, बिहीबार

चैत १९, काठमाडौं । इथियोपियामा बन्दुकधारीको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । इथियोपियाको दक्षिणी क्षेत्रमा रहेको ओरोमिया गाउँमा बन्दुकधारीले जथाभावी आक्रमण गर्दा अन्य कयौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इथियोपियामा बढ्दो जातिय हिंसामा परेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

बन्दुकधारीले स्थानीय समयअनुसार बिहान नौ बजे गाउँमा पसेर आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै अलजजिराले जनाएको छ ।
सरकारी सुरक्षाकर्मीको उपस्थिति नभएको स्थानमा गाउँलेलाई भेला पारेर सामुहिक रुपमा गोली हानी हत्या गरिएको समाचारमा उल्लेख छ ।
सीमा क्षेत्रमा आफ्ना गतिविधि सक्रिय पारेका ती समूहले सोही क्षेत्रमा हिंसात्मक गतिविधि केन्द्रीय गरेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal