विश्वकप छनोटमा इङ्ग्ल्याण्डको लगातार जित

२०७७ चैत्र १९ गते, बिहीबार

चैत १९, काठमाडौं । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको छ । गएराति भएको खेलमा पोल्याण्डलाई २-१ गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह ‘आई’मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा छ ।

यस्तै, विश्वकप छनोट खेलमा गएराति नै भएका अरु खेलमा अर्मानिया, नर्थ म्याक्याडोनिया, आइल्याण्ड, स्पेन, इटली, फ्रान्स, डेनमार्क, इजरायल, र स्कटल्याण्ड विजयी भएका छन् । यस्तै, ग्रीस र जर्जियाले १-१ गोलको बराबरी खेल्दा नर्थन आइल्याण्ड र बुल्गेरियाले गोलरहित बराबरी गरे । यस्तै, अरु खेलमा युक्रेन र काजखास्तानले एकरएक गोलको बराबरी खेले ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal