बिहीवार बुकक्लोज गरेसँगै दुई लघुवित्तको शेयरमूल्य समायोजन

चैत १९, काठमाडौं । चैत १९ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सूर्योदय लघुवित्त र सारथी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो। यी दुई ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
यस दिन नेप्सेले सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड को १५.३५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १९६० कायम भएको छ। त्यस्तै, नेप्सेले सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.१३ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १५९६ रुपैयाँ निर्धारण गरेको हो।
सूर्योदय लघुवित्तले चैत ३१ गते, मंगलबार, पुतलीबजार नगरपालिका वडा नं. ३, स्याङ्जा (सहयात्री पार्टी प्यालेस, गुडिखोला) मा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ८ बजे शुरु हुनेछ। त्यसैगरी, सारथी नेपाल लघुवित्तले बैशाख ३ गते शुक्रबार, होटल अरनिको, धुलिखेलमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।