महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते
२०७७ चैत्र १९ गते, बिहीबार

चैत १९, काठमाडौं । महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन् । हिजो बेलुका करिब साढे ७ बजे अज्ञात समूहले चलाएको गोली लागेर बर्दिबास नगरपालिका वडा नम्बर १ का रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।
कोइरालामाथि २ दुई गोली प्रहार भएको छ र एउटा गोली कोखमा र अर्को हातमा लागेको प्रहरीको भनाइ छ । घाइते भएका कोइरालाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ । गोली कसले र किन चलाएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।