प्रधानमन्त्री ओलीद्वारा एकसाथ १ सय ६५ वटा ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ शिलान्यास
२०७७ चैत्र २१ गते, शनिबार

चैत २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट एक साथ १ सय ६५ वटा सडक शिलान्यास गरेका हुन। ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गरेका थिए।