गोठमा आगो लाग्दा तीन लाख बराबरको क्षति, १५ चौपाया जले

२०७७ चैत्र २१ गते, शनिबार

चैत २१, जनकपुरधाम । सर्लाहीको हरिवनमा शनिबार बिहान आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ भने १५ वटा चौपायाको जलेका छन ।
हरिवन नगरपालिका रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीाबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसीरबाख्राको जलेर मृत्यु छ ।
आगोलाई स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal