भारतबाट फर्किएका २४ जनाको एन्टिजेन परीक्षण पोजेटिभ

२०७७ चैत्र २१ गते, शनिबार

चैत २१, कञ्चनपुर । भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सीमानाकाबाट नेपाल भित्रिएका नेपालीको एन्टीजेन परीक्षण गर्दा २४ जनाको नतिजा पोजेटिभ आएको हो।

कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ । दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या एक हजारको हाराहारीमा रहँदै आएको छ । भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal