दैनिक ६ किलोमिटर सडक कालोपत्रे र प्रत्येक दुई दिनमा एउटा पुल : मन्त्री नेम्बाङ

२०७७ चैत्र २१ गते, शनिबार

सरकारले नेपालमा दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले बताएका छन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा सडक सञ्जालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुँदै आएको सरकारको दावी छ ।

मुलुकमा पूर्वाधारको क्षेत्रमा सडकअन्तर्गत निर्माणको नयाँ चरणको अभियानको शुभारम्भ घोषणा गरिएको भन्दै नेम्बाङले सरकारको चाहना सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्ने दावी गरे । मन्त्री नेम्बाङले भने, ‘समृद्धिलाई प्राप्त गर्नका लागि सडक तथा पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । सडकहरु ६ देखि ८ लेनसम्मको बन्न थालेको छ । संघीय सडक विभाग मातहत ३५१२ किमि सडक कालोपत्रे भएको छ, ३३ किलोमिटर ग्राभेल सडक बनेका छन्, नयाँ ट्याक १६८६ किलोमिटर भन्दा बढी बनेका छन् ।’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal